Green Media Fellowship-2026 Application open
- Home
- Green Media Fellowship-2026 Application open
Applications are now open for the Green Media Fellowship 2026
Docskool invites young storytellers to apply for the 6-month fellowship/ training on visual media starting September 2026. GMF provides professional skills on documentary film, photography, and community media with site-based exposure through production engagements. This fellowship is a full-time residential training held from Dhulikhel and partner site locations across Nepal. The fellowship will start in September. Fellowship seats are open for 10 candidates. The program is provided free to selected individuals.
Click here to read full program detail
Go to Application Form
Seats Available: 10
Application deadline: August 15 2026
Fellowship modality:
The fellowship is offered in a 3-stage modality. They are:
- Technical training and individual projects (3 months). Topics includes are: Foundation Photography, Film idea development and execution, Cinematography and Editing, Radio Production and Online Broadcasting. Workshops on several topics are provided in addition to technical skills.
- Partner Site production (2 months) Fellows spend two months working on individual and group film projects. These are held in 1 – 2 locations. – Advanced training (1 month) Advanced training includes workshops on Documentary Cinema deconstruction, Participatory Video, and packaging of individual and group projects.
- Green Media Festival The Festival is a two-day event dedicated to showcase of environment themed films alongside screening of graduate productions.
Who Can Apply?
- Nepali citizens between 18 to 25 years of age. (Exceptions can be made in certain cases)
- Young campaigners, environmental activists, community advocates will be given priority.
- The program encourages indigenous, native people, Women and Queer people to apply.
- Participants must have completed High School education. (Minimum SEE)
Application Procedure:
For selection into the program please start by filling the application and provide all details as requested.
Fill the application form available on Google Form: APPLICATION FORM
- Provide atleast 10 photos and 2 videos (minimum 3minutes each) as portfolio emailed as part of the application.
- Provide atleast 1 reference letter from a person of relevance to your world (no relatives).
- Reference letter should have the phone number and email address of the referee indicated.
- Email additional details to: dandabari.school@gmail.com
- Upon evaluation of the application form, selected candidates may be requested to submit additional documents and an online interview could be organised. All selected participants after this stage will be required to participate in a Physical Test held in Kathmandu.
For more information, please go through the PDF file or Contact us
Contact Details: Call/ Whatsapp: 9818966569
email: dandabari.school@gmail.com
नेपालीमा
डकस्कुलद्धारा सञ्चालित ग्रिन मिडिया फेलोसिपको २०२६-२०२७ संस्करणका लागी आवेदन खुल्ला गरिएको छ । युवा मिडियाकर्मी, सामाजीक अभियान्तलाई डकुमेन्ट्रि फिल्म फोटोग्राफि साथै सामुदायीक सञ्चारको समकालिन सिप प्रदान गर्ने उदेश्यले सञ्चालित ग्रिन मिडिया फेलोसिप समुदायमा नै आयोजना हुने ६ महिने मिडिया तालिम र फेलोसिप हो ।
ग्रिन मिडिया फेलोसिप काठमाडौं, धुलिखेल र उदयुपुरमा पुर्ण रुपमा आवसिय कार्यक्रमको ढाँचामा सञ्चालन गरिन्छ । आउँदो कार्यक्रम सेप्टेम्बर महिनादेखि २०२७ मार्चसम्म सञ्चालनमा रहनेछ । कार्यक्रममा कुल १० वटा सिट उपलब्ध छन् । छनोट भएका सहभागिलाई यो कार्यक्रम पुर्ण निशुल्क प्रदान गरिन्छ ।
आवेदन भर्ने अन्तिम मितीः १५ अगस्ट २०२६
आवेदन फारम: APPLICATION FORM
फेलोसिप आयोजनाको उदेश्य
युवाहरु, आदिवासी, जनजाती, समुदायको प्रतिनिधि मात्र नभएर स्थानीय ज्ञान सिपको अगुवाई गर्न सक्ने मध्ये पर्दछन् । तिव्र गतिमा वर्यावरणीय परिर्वतनहरुको परिवेशमा यी स्थानीय ज्ञान सिप विश्व सामु महत्वपुर्ण ज्ञानको स्रोत बन्दै गएको छ । हाल नेपालभरी पर्यावरणीय अभियान्ताको रुपमा थुप्रै युवाहरु सामेल रहेको अवस्था छ । यिनका बाबजुत स्थानीय गाउँ ठाउँको सञ्चारमा पहुँच निकै न्युन देखिन्छ । यो पेशागत भिडियो, फोटो सामाग्री निर्माणमा अझ सापेक्ष अवस्था हो । हालसम्म बाह्य सञ्चारकर्मीमा आश्रित हुनु सामुदायीक सञ्चारको लागी राम्रो हुन सक्दैन । यिनका साथै देशैभरी सामुदायीक रेडियोहरु बन्द हुदै गर्ला हाम्रो समाजमा स्पष्ट सामुदायीक सहभागिता र प्रतिनिधित्व गर्ने सञ्चारको अभाव हामीले महसुश गरेका छौं । यी विषयको परिवेश अन्तर्गत रहि यस फेलोसिप १८ २५ वर्ष उमेरका युवालाई लक्षित गरि आयोजना हुँदैछ ।
फेलोसिपको संरचना
यो फेलोसिप तालिम र सामुदायीक सहभागिता गरी दूई भागमा विभाजन गरिएको छ । सामुदायीक सहभागिता अन्तर्गत विभिन्न पर्यावरणीय सवालमा कार्यरत संस्था, संरचनासँगको सहकार्य पर्दछ ।
कार्यक्रमको मोडालिटि निम्न छन्ः
प्रथम चरण (३ महिना)
भिजुअल मिडियाको प्राविधिक तालिम
यसमा सम्मिलित हुने विषयहरुमा फोटोग्राफिको तालिम, डकुमेन्ट्रि फिल्मको तालिम, फोटो भिडियो सम्पादन र तिनको विश्लेषणदेखि कार्यन्वयनसम्मको चरणलाई समेट्छ । यसका साथै तालिमको क्रममा अनलाइन रेडियो प्रसारण, भिडियो ब्रोडकास्टिङ लगायत सामाजीक मुद्धा सवालबारे तालिमहरुको आयोेजना गरिन्छ ।
दोस्रो चरण (२ महिना)
सामुदायीक संस्थासँग सहभागिता र कार्यक्रम निर्माण
यस अन्तर्गत सहभागिहरुले विभिन्न संस्थाहरुसँग सहकार्य गरि फोटो भिडियो सामाग्री तयार पार्नेछन् । यी सामाग्री सहभागिको प्रमुख पोर्टफोलियो हुनेछ ।
तेस्रो चरण (१ महिना)
विशिष्ट कार्यशाला तथा सम्पादन
यस अन्तर्गत डकुमेन्ट्रि फिल्मको विशिष्ट तालिम लगायत पर्यावरणीय न्याय, आदिवासी सिप, कौशल दस्तावेजीकरण लगायतका कार्यशाला आयोजना गरिनेछन् । यो चरण सहभागिले आफ्नो व्यक्तिगत र सामुहिक भिडियो सम्पादन गर्नका लागी पनि प्रयोग गर्नेछन् ।
चौथो चरण
तेस्रो चरणसँगै सम्मिलित हुने यस चरण अन्तर्गत ग्रिन मिडिया फेस्टिबल पर्दछ । फेस्टिबल २ दिनसम्म काठमाडौंमा आयोजना गरिनेछ । जसमा सहभागिले निर्माण गरिएका चलचित्र साथै अन्य पर्यावरणीय चलचित्र प्रदर्शन एंव डिप्लोमा हस्तान्तरण गरिनेछ ।
यो कार्यक्रममा किन सम्मिलित हुने ?
यो फेलोसिप पर्यावरणीय न्याय आदिवासी ज्ञान सिप दस्तावेजीकरणलाई केन्द्रमा राखेर आयोजना हुने डकुमेन्ट्रि फिल्म विशेषको एक मात्र डिप्लोमा तालिम हो । छनोट भएकाको लागी यो निशुल्क कार्यक्रम हो । जसअन्तर्गत ६ महिनासम्मको आवास ३ महिनाको स्टाइेपेन्ड र तालिम केन्द्रसम्मको दुई तर्फि गाडि भाडा पर्दछन् ।
डिप्लोमा
फेलोसिपमा सहभागीहरुले कार्यक्रम समापन पश्चात डकस्कुल फलोको दर्जका अलावा ‘Diploma in Creative Community Media’ प्राप्त गर्नेछन् । यो डकस्कुलले प्रदान गर्ने सर्टिफिकेट हो ।
आवेदन प्रक्रिया
कार्यक्रममा फेलो छनोटका तीन चरण छन् ।
पहिलो चरणमा
निम्न सामाग्री इमेल र गुगल फर्म मार्फत पठाउनुपर्छ ।
– पुर्ण रुपमा भरिएको फारम (सबै प्रश्नको उत्तर दिनु अनिवार्य छ ।)
– सहभागिलाई राम्ररी चिन्ने समाजका अगुवाबाट सिफारिस पत्र
– आफुले विविध बिषयमा खिचेका १० ओटा फोटोको संकलन (सकेसम्म पावर प्वइन्ट पठाउने)
– आफुले समुदायमा आधारीत मुद्धामा निर्माण गरेको २ वटा कम्तिमा ३ मिनेटको चलचित्र
दोस्रो चरण
पहिलो चरणबाट छनोट भएका आवेदकलाई अनलाइन अन्तर्वाता साथै निश्चित अभ्यास दिइनेछ ।
तेस्रो चरण
पहिलो र दोस्रो चरणबाट छनोट भएकाहरु लिखित परिक्षा र अन्तर्वाताका लागी काठमाडौं आउनुपर्ने हुन्छ । यो यात्राको खर्च डकस्कुलले प्रदान गर्दैन ।
शुल्क तिर्ने प्रशिक्षार्थी
यो तालिममा शुल्क तिर्न मिल्ने गरि निश्चीत सिट उपलब्ध गरिएको छ । शुल्क तिर्ने प्रशिक्षार्थीले डिप्लोमा पाउनेछन् । र सबै कार्यक्रममा सहभागी हुन पाउनेछन् । शुल्क तिरेर पनि संलग्न हुन चाहाने सहभागीले आवेदन फारममा शुल्क तिर्न सक्ने भनी लेख्नुपर्छ । सबै सहभागीको छनोट प्रक्रृया एउछै हुन्छ ।
थप जानकारी
यो पुर्ण रुपमा आवसीय कार्यक्रम हो । यो फेलोसिप तालिममा सहभागी हुँदा अन्य शैक्षिक कार्यक्रम पेशामा संलग्नताको हकमा समय दिन अफ्ठयारो हुनेछ । तालिम समुदायमा नै आयोजना हुनेछ । तालिम क्षेत्र सहभागी स्वंयले व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रागारिक खेती गर्नु लगायतका गतिविधि तालिमको कार्यक्रममा पर्दछ । सहभागीलाई कृषि सम्बन्धि सामान्य तालिम पनि दिइन्छ ।
डकस्कुलको बारेमा
डकस्कुल २००८ मा गठन भएको चलचित्रकर्मी, मिडियाकर्मी, सामाजीक अभियान्ताहरुको साझा थलो हो । डकस्कुलले कलाकर्मीका लागी आवसीय अभ्यास, फिल्म फेस्टिबल सामुदायीक सञ्चारसित सिप विकासमा लागी रणनैतिक साझेदारी तथा लामो दौरानका तालिमहरु सञ्चालन गर्ने गर्दछ । यसको कार्यलय काठमाडौंको थापाथलीमा छ । डकस्कुल एक गैरसरकारी संस्था हो ।
सम्पर्क
कार्यक्रमको बारे थप जानकारीका लागी सम्पर्क नम्बर: ९८१८९६६५६९ 9818966569
इमेल ठेगाना: dandabari.school@gmail.com
डकस्कुल, १४२ पञ्चायन मार्ग, थापाथली काठमाडौं
कार्यलय फोन: ०१५३५१७०९