Documentary Open School

नमस्कार

Creative Media Production सम्बन्धि जानकारि

डकस्कुलको परिचय

डकस्कुल (डकुमेन्टरि ओपन स्कुल) इ.सं २००८ मा सुरु भइ २०११ मा दर्ता भएको नेपालको पहिलो चलचित्र विकास उन्मुख सामाजिक, सांस्कृतिक संस्था हो।
डकस्कुलले सञ्चार क्षेत्र एवं चलचित्रमा विविधताको पैरवि गर्दै आएकोछ। सो क्रममा चलचित्रकर्मि तथा चलचित्रमा रुचि राख्नेहरुका लागि आवस्यक तालिम, फिल्म फेस्टिबल,  चलचित्र लगानि कोष आदि स्थापना तथा आयोजना गर्ने काम डकस्कुलले गर्दछ। १५ वर्ष पुरा गर्दै डकस्कुलले हाल सम्म ८०० अधिक चलचित्रकर्मिलाइ तालिम, चलचित्र विकासमा सहयोग गर्नुका साथै २०१४ यता दक्षिण एशियाको पहिलो चलचित्रकर्मिहरुको साझा सञ्जाल स्वरुप पनि सकृय छ।
डकस्कुलले हाल वैकल्पिक शिक्षा अन्तर्गत चलचित्र, फोटोग्राफि, घ्वनि तथा टेलिभिजन/अनलाइन लाई ध्यानमा राखि विविध तालिमहरु सञ्चालनमा

ल्याएकोछ।  

Creative Media Production कार्यक्रम सम्बन्धमा

१८ महिने ‘Creative Media Production’ दुई चरणमा पुरा गर्न सकिने पेशा मुखि विशेसज्ञता तालिम हो। यस तालिमलाई ६ महिने सर्टिफिकेट वा १८ महिने डिप्लोमाको रुपमा लिन सकिन्छ।

यस तालिम वैकल्पिक शिक्षा प्रणालिमा सञ्चालन गरिन्छ। तालिम अन्तर्गत पढाउने भन्दा एक आपसमा अन्तरकृया बाट सिक्ने सिकाउने माध्यम प्रयोग गरिन्छ।

यो तालिम १८ बर्ष उमेर पुगेका जो कोहिले लिन सक्नेछन्। तालिममा सहभागि हुन यस अघि चलचित्र वा सञ्चार क्षेत्रमा काम गरेको हुनुपर्दैन।

तालिमका प्रमुख विषयहरु

१८ महिने डिप्लोमा अन्तर्गत निम्न विधाहरुमा दक्षता हासिल गर्न सकिन्छ:
* डकुमेन्टरि चलचित्र
* फोटोग्राफि
* ध्वनि (रेडियो)
* सामुदायिक टेलिभिजन
६ महिनाको सर्टिफिकेटमा संलग्न हुदा उपल्ला विधाहरुमा जानकारि लिन सकिन्छ।

पार्ट टाइम सिकाई

यो  तालिम पार्टटाइम पनि लिन सकिन्छ। पार्टटाईम गर्दा सर्टिफिकेटको लागि १० महिना लाग्दछ भने डिप्लोमा का लागि २४ महिना लाग्नेछ। सर्टिफिकेट नगरि डिप्लोमामा जान मिल्दैन।

लालिमको ध्येय

१८ महिने डिप्लोमा तालिम पश्चात सञ्चार क्षेत्रमा प्राविधिक/ अधिकृत को भुमिकामा काम गर्न सकिन्छ। सम्भावित पेशाहरुमा डकुमेन्टरी निर्देशक, फोटोग्राफर, सहायक सम्पादक, सहायक सिनेमाटोग्राफर, टिभि प्रडुसर, रेडियो म्यानेजर आदि पर्दछन।

६ महिने सर्टिफिकेट पश्चात विभिन्न सञ्चार विधामा च्यक्तिगत हिसामले संलग्न हुन सकिन्छ। यो तालिम विशेसत: अनलाइन बाट काम गर्न रुचाउनेहरुका लागि सहयोगि हुने देखिन्छ। विदेश जान चहनुहुने विद्धार्थिलाई अगाडि मिडिया पढ्न यो तालिम ले सहयोग हुनेछ साथै तालिम को अन्तरालमा पुरा गरिएको Learning Hours को Transcript डकस्कुलले दिनेछ।

तालिम स्थल

यो तालिम  सातामा ४ दिन सम्म धुलिखेल बाट र अन्य समय व्यक्तिगत अध्ययन गरि सञ्चालन गरिनेछ। १८ महिना डिप्लोमामा २ – ४ महिने सामुदायमा अवस्थित परियोजना निर्माण गर्नपर्नेछ। धुलिखेलमा अपुग प्राविधिक विषय सम्बन्धित अध्यापन काठमाण्डौबाट गराइनेछ। तालिमको आवाशिय चरण धुलिखेल अवस्थित डकस्कुल सामुदायिक सिकाई केन्द्रमा हुनेछ। तलिममा भर्ना हुने पहिलो ८ जना सम्म विधार्थिका लागि तालिम स्थलमा नै वासको व्यवस्था हुनेछ। अन्य विधार्थि काठमाण्डु वा धुलिखेल बजारमा पनि बस्न सक्नेछन्। डकस्कुलले काठमाण्डु बाट आवत जावत गर्नका लागि दैनिक बसको व्यवस्था गर्नेछ।

तालिमको दौरान दिउसोको खानाको व्यवस्था केन्द्रमानै हुनेछ। हाल यो रकम कार्यक्रम शुल्कमा पर्दैन। केन्द्रमा खानाको लागि रु १५० लाग्दछ। चियाको लागि १५ रुपैया लाग्छ। केन्द्रमा वास वस्नका लागि प्रति दिन २५० रुपैया लाग्नेछ।

लागत

तालिमको कुल लागत निम्न छ।
१८ महिना : १,७५,०००
६ महिना: ७५,०००
छात्रवृतिको व्यवस्था छैन।

डक्स्कुल सामुदायिक सिकाइ केन्द्र


सामुदायिक सिकाइ केन्द्र, प्रकृति र समुदायमा आधारित सञ्चार केन्द्र हो। यस केन्द्रमा पढाउने कक्षा कोठाको व्यवस्था छैन। केन्द्र अन्तर्गत हुने सबै सिकाई कार्यक्षेत्रमा हुनेछ। प्रशिक्षार्थिहरुका लागि केन्द्र २४ घण्टा खुला रहनेछ। केन्द्रको बगलमा कपिलेश्वर सामुदायिक वन पर्दछ र अर्का पट्टि तामाङ र ब्राहमण समुदायको वास छ। केन्द्र नमो बुद्धबाट नजिक पर्छ।

केन्द्रमा Film Hall, Library, Sound Studio, Editing Setup, Camera लगायत विभिन्न सृजनात्मक अभ्यासका लागि प्रिन्टिङ स्टेसन,  प्रशिक्षार्थिको प्रयोगका लागि राखिएकोछ।

Scroll to Top